A power of attorney is a legal authorization that allows one person to act on behalf of another as an agent. The way this authority is defined and used differs significantly between common-law and civil-law systems, and even among civil-law countries themselves. In many civil-law jurisdictions, powers that fall under a power of attorney are similar to what common-law systems describe as powers of trust. Muluki Civil code, 2074 ensure the right to allows power of attorney (Adhikrit Waresnama) to file, continue to faisala karyanyan in case for court propose. (for other propose you can direct call or whatsapp at 9851020168). Power of Attorney can
In Nepal, you can grant a power of attorney (Adhikrit Waresnama) for various legal purposes depending on your needs. Here are the common legal purposes in point form:

Original and copy of marriage registration certificate
Copy of Vehicle Ownership/ Business/Company Ownership certificate
अधिकृत वारिसनामा भनेको कुनै अधिकार प्राप्त व्यक्तिले नेपालको संबिधान र कानुन आफुलाई प्राप्त अधिकार कुनै लिखत मार्फत आफ्नु चिनजान का कसै लै प्रयोग गर्न अधिकार प्रदान गर्ने कार्य हो । सामान्यतया अदालतमा मुद्दा दर्ता गर्न वा अन्य कसैले दायर गरेको मुद्दा मा प्रतिबाद गर्न, सम्बन्ध बिच्छेद गर्न, अंश वा अन्य हक को कानुन बमोजिम अधिकार स्थापित गर्न, मुद्दा मिलापत्र गर्न, मुद्दा मा उच्च अदालत तथा सर्बोच्च अदालतमा पुनराबेदन दर्ता गर्न, विभिन्न किसिमका रित दर्ता, खारेज कार्य गर्न, आफ्नो नाममा भएको सम्पति जस्तो घरजग्गा, गाडी वा अन्य चलअचल अचल सम्पति अन्य कसैलाई बिक्रीवितरण गर्न अधिकृत वारिसनामा दिन सकिन्छ । नेपाल मै रहेको अबस्थामा नेपालका कुनै पनि जिल्ला अदालत बाट र विदेश मा हुदा विदेश स्थित नेपाली राजदुताबास बाट अधिकृत वारिसनामा प्रमाणित गरि दिन सकिन्छ । सो सम्बन्धमा मुलुकी देवानी कार्यविधि सहिता २०७४ को दफा १५३,१५४ र १५५ ले व्यवस्था गरेको छ । विदेशमा भएको वा दुवै पक्ष्य नेपाल मै भएको र अधिकृत वारिसनामा बनाउन ९८५१०२०१६८ (whatsapp) मा सम्पर्क गर्न सक्नुहुनेछ ।
उत्तर :- अधिकृत वारेशनामा भनेको एक व्यक्ति (मूल व्यक्ति) ले अर्को व्यक्तिलाई आफ्नो तर्फबाट कानुनी काम गर्न दिने अधिकारपत्र हो।
उत्तर:- कुनै पनि कानुनी रूपमा सक्षम नेपाली नागरिकले अधिकृत वारेशनामा दिन सक्छ ।
उत्तर :- विदेशमा बस्दा वा आफैं उपस्थित हुन नसक्दा आफ्नो काम अरूबाट गराउन आवश्यक हुन्छ ।
उत्तर :- मुख्यतः दुई प्रकार हुन्छन्:
उत्तर :- सामान्य वारेशनामाले धेरै काम गर्न अधिकार दिन्छ भने विशेष वारेशनामाले निश्चित काम मात्र गर्न दिन्छ।
उत्तर :- विश्वासिलो व्यक्ति, आफन्त, वा कानून व्यवसायीलाई दिन सकिन्छ।
उत्तर :- जग्गा कारोबार, बैंकिङ, अदालतको काम, कर तिर्ने, व्यवसाय सञ्चालन आदि।
उत्तर :- सम्बन्धित नेपाली दूतावास वा महावाणिज्यदूतावासबाट प्रमाणित गराएर बनाउन सकिन्छ।
उत्तर :- हो, विशेष गरी जग्गा सम्बन्धी कामका लागि सम्बन्धित कार्यालयमा दर्ता आवश्यक हुन्छ।
उत्तर :- यो दस्तावेजमा उल्लेख गरिएको अवधि वा काम पूरा नभएसम्म मान्य हुन्छ।
उत्तर :- हो, मूल व्यक्तिले जुनसुकै बेला रद्द गर्न सक्छ।
उत्तर :- मूल व्यक्तिको मृत्यु भएपछि वारेशनामा स्वतः खारेज हुन्छ।
उत्तर :- सामान्यतया सकिँदैन, तर दस्तावेजमा अनुमति भएमा मात्र सम्भव हुन्छ ।
उत्तर :- दुरुपयोग गरेमा कानुनी कारबाही हुन्छ।
उत्तर :- नागरिकता, राहदानी, निवेदन, सम्बन्धित प्रमाण कागजात (जस्तै: जग्गा कागज, व्यवसाय कागज आदि) आवश्यक पर्छ ।
१. अधिकृत वारिस सम्बन्धी व्यवस्था : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले आफ्नो तर्फबाट कुनै मुद्दा किटान गरी वा नगरी फिराद गर्न, प्रतिउत्तरपत्र दर्ता गर्न, फिराद दाबी फिर्ता गर्न, मिलापत्र गर्न वा अन्य कानूनी काम कारबाहीका लागि वारिसनामाको कागज लेखी कुनै व्यक्तिलाई अधिकृत वारिस नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै मुद्दा किटान नगरी सामान्य रूपमा अधिकृत वारिस नियुक्त गर्नु परेमा नेपालभित्र भए कुनै जिल्ला अदालतको न्यायाधीश र नेपाल बाहिर भए कुनै नेपाली राजदूत वा महावाणिज्यदूतको रोहबरमा वारिस नियुक्ति गर्ने व्यक्तिले वारिसनामामा सहीछाप गरी सो वारिसनामा निजबाट प्रमाणित गराउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम वारिसनामा प्रमाणित गराउन चाहनेले वारिसनामाको कागजमा आफ्नो र वारिस नियुक्त हुने व्यक्तिको फोटो टाँसी वारिस लिने दिने दुवैको नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानीको प्रतिलिपि जिल्ला न्यायाधीश वा नेपाली राजदूतावास वा महावाणिज्य दूतावास समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम वारिसनामा प्रमाणित गर्दा पाँच सय रुपैयाँ दस्तुर लाग्नेछ ।
(५) यस दफा बमोजम अधिकृत वारिस नियुक्त भएको व्यक्ति मुद्दाको कारबाही, सुनुवाई र किनारा हुँदा अदालतमा उपस्थित हुन वा त्यस्तो प्रयोजनका लागि निजले अर्को व्यक्तिलाई वारिस नियुक्त गर्न सक्नेछ ।
२. अधिकृत वारिस मार्फत अचल सम्पत्तिको हक हस्तान्तरण गर्न सक्ने : (१) आफ्नो हक र स्वामित्वको कुनै अचल सम्पत्ति किटान गरी बिक्री वितरण वा सट्टापट्टा गर्न वा हालैको बकसपत्र गरिदिने वा अन्य कुनै तरिकाले हक हस्तान्तरण गर्ने वा कानून बमोजिम रजिष्ट्रेशन गर्नु पर्ने लिखत पारित गराउन कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिले आफू उपस्थित हुन नसक्ने मनासिब कारण खुलाई वारिसनामाद्वारा अधिकृत वारिस नियुक्त गरी त्यस्तो सम्पत्ति बिक्री वितरण वा सट्टापट्टा गर्न वा हालैको बकसपत्र वा अन्य कुनै किसिमबाट हक हस्तान्तरण गर्न वा कुनै किसिमको लिखत रजिष्ट्रेशन पारित गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अधिकृत वारिस नियक्त गर्दा दफा १५३ को उपदफा (२) र (३) बमोजिमको कार्यविधि पूरा गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम अधिकृत वारिस नियुक्त भएको व्यक्तिले वारिस नियुक्त गर्ने व्यक्तिको तर्फबाट निजलाई दिएको वारिसनामाको शर्तको अधीनमा रही आवश्यक कार्य गर्न सक्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अधिकृत वारिस नियुक्त गरी शेषपछिको बकसपत्र गर्न सकिने छैन ।
*(५) यस दफा बमोजिमको अख्तियारनामा प्रमाणित गर्दा तीन पुस्ताको नाताभित्र भएमा दफा १५३ को उपदफा (४) बमोजिम र सो बाहेक अरुलाइ सम्पत्ति बिक्रि गर्ने वा हक छाडी दिने गरी गरिएको अख्तियारनामा प्रमाणीत गर्दा पाँच हजार रुपैयाँ दस्तुर लाग्नेछ ।
३. अधिकृत वारिसको हैसियत अन्त्य हुने : (१) देहायका कुनै अवस्थामा यस परिच्छेद बमोजिमको अधिकृत वारिसको हैसियत स्वतः अन्त्य हुनेछ :-
(क) कुनै निश्चित काम, प्रयोजन र समयावधि किटान गरी दिएको अधिकृत वारिस त्यस्तो काम, प्रयोजन वा अवधि समाप्त वा भुक्तान भएमा,
(ख) कुनै खास घटना वा अवस्था पूरा भएपछि वा त्यस्तो घटना वा अवस्था अन्त्य भएपछि कायम नरहने गरी दिएको अधिकृत वारिस त्यस्तो अवस्था पूरा भएमा वा नरहेमा,
(ग) वारिस नियुक्त गर्ने व्यक्तिले राष्ट्रियस्तरका कुनै दुई दैनिक समाचारपत्रमा सूचना प्रकाशन गरी वारिस बदर गरेमा,
(घ) वारिसनामा बमोजिमको काम पूरा हुनु अघि नै वारिस दिने वा वारिस लिने व्यक्तिको मृत्यु भएमा,
(ङ) वारिस मार्फत हक हस्तान्तरण वा सट्टापट्टा गर्ने भनिएको सम्पत्ति सम्बन्धित व्यक्ति नै आफै उपस्थित भई हस्तान्तरण वा सट्टापट्टा गरेमा,
(च) वारिसनामा बमोजिमको सम्पत्तिका सम्बन्धमा वारिस नियुक्त गर्ने र वारिस हुने वा निजको कासगोलको व्यक्ति बीच अदालतमा मुद्दा परेमा,
(छ) अधिकृत वारिसनामा दिने र लिने व्यक्ति बीच अदालतमा कुनै मुद्दा परेमा,
(ज) अधिकृत वारिस हुने व्यक्तिले त्यस्तो हैसियतमा काम गर्न अनिच्छा प्रकट गरी वारिस नियुक्ति गर्ने व्यक्तिलाई अधिकृत वारिसनामाको सक्कल प्रति सहित लिखित जानकारी दिएमा ।
(२) यस परिच्देछमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता प्रारम्भ हुनु अघि नै तत्काल प्रचलित कानूनको रित पुऱ्याई प्रमाणित भइसकेको अधिकृत वारिसनामालाई यस परिच्छेदका कुनै कुराले असर पारेको मानिने छैन ।
सम्मानित सर्बोच्च अदालतको सयुक्त अदालतले भिम बहादुर मादेन बिरुद्ध मालपोत कार्यालय तेह्रथुम भएको मुद्दामा अधिकृत वारिसनामा कायाम रहने अबधि किटान नगरी दिएको अबस्थामा दिनेले बदर नगराए वा मुद्दा परि बदर नभएसम्म त्यस्तो अधिकृत वारिसनामा स्वत : निस्क्रिय हुन नसक्ने, साथै केवल वारिसनामा पुरानो भयो भन्ने आधारमा बिलम्ब भयो भन्न नमिल्ने साथै वारिसनामा गरिदिने व्यक्ति नै परलोक भएको अबस्थामा वारिसनामा जीवित छ भन्न नमिल्ने भनि वारिसनामाको बैधताको ब्याख्या गरेको छ ।