Power of attorney (Adhikrit Waresnama/अधिकृत वारिसनामा

A power of attorney is a legal authorization that allows one person to act on behalf of another as an agent. The way this authority is defined and used differs significantly between common-law and civil-law systems, and even among civil-law countries themselves. In many civil-law jurisdictions, powers that fall under a power of attorney are similar to what common-law systems describe as powers of trust. Muluki Civil code, 2074 ensure the right to allows power of attorney (Adhikrit Waresnama) to file, continue to faisala karyanyan in case for court propose. (for other propose you can direct call or whatsapp at 9851020168).

For what propose can I give power of attorney?

In Nepal, you can grant a power of attorney (Adhikrit Waresnama) for various legal purposes depending on your needs. Here are the common legal purposes in point form:

  • Court representation – to file cases, defend cases, and handle legal proceedings on your behalf
  • Property transactions – to buy, sell, transfer, or register land and property
  • Property management – to manage, lease, or collect rent from property
  • Banking and financial matters – to operate bank accounts, withdraw/deposit money, or handle financial transactions
  • Business operations – to run a business, sign contracts, and manage commercial activities
  • Government office dealings – to handle work at offices like Land Revenue, Municipality, or Tax Office
  • Document signing – to sign agreements, deeds, applications, and other legal documents
  • Tax and legal compliance – to pay taxes, respond to notices, and complete legal formalities
  • Debt and claims handling – to recover money, settle disputes, or manage financial claims
  • Specific task authorization – to carry out a single defined act (e.g., selling one piece of land or collecting a document)

Required Documents for Power of Attorney (Adhikrit Waresnama) अधिकृत वारिसनामा :

  • Two copies of the POA document in traditional Nepali paper (नेपाली कागज) duly prepared by a registered lawyer in Nepal.
  • Both original and copies of the Nepali citizenship certificate and Passport of the POA authorizing person/applicant.
  • Visa copy of the POA authorizing person/applicant.
  • Certified copy of the Nepali citizenship certificate of the POA assigned person.
  • Certified copies of the Nepali citizenship certificates of the witnesses and certified copy of ID card of the lawyer.
  • Two recent passport-size photographs of both the POA authorizing and the POA assigned persons.

 

Additional Documents required as per the purpose/nature of the Power of Attorney:

 

For Selling Land:

  • Original and copy of the Land Ownership Certificate (लालपुर्जा)
  • Copy of the receipt of the land tax/property tax payment slip (तिरो तिरेको रसिद) paid for the latest fiscal year

 

For Divorce

Original and copy of marriage registration certificate

For Vehicle Ownership/ Business/Company Ownership Transfer

Copy of Vehicle Ownership/ Business/Company Ownership certificate

Other relevant documents (Relationship Certificate, Vehicle Bill Book and Tax Certificate, Company Registration and Tax Certificate etc.

 

Key limitations of power of attorney

 

  1. Limited to what’s written in the document
    You can only perform the acts specifically mentioned. If something isn’t clearly authorized (like selling property or filing a certain type of case), you cannot do it.
  2. No personal decision-making beyond authority
    You cannot make personal decisions for the principal (like marriage, wills, or personal rights). Your role is strictly legal/administrative.
  3. Cannot misuse or act for personal benefit
    You must act in the best interest of the principal. Using the authority for your own gain or fraud can lead to legal action against you.
  4. Restrictions on property transactions
    If your POA is for legal work only, you may not be allowed to sell, transfer, or mortgage property unless it is explicitly mentioned.
  5. Court representation limits
  • You can assist and represent, but in many cases, a licensed advocate must argue in court.
  • You cannot act as a lawyer unless you are legally qualified.
  1. Validity and revocation
  • The principal can cancel (revoke) the power at any time.
  • It may also end if the principal dies or becomes legally incapable (unless it’s structured to continue).
  1. Formal/legal requirements
  • Some actions (like land registration or court filings) require proper notarization or registration.
  • If the POA is not properly verified, your actions may not be accepted by authorities.
  1. Cannot delegate unless allowed
    You usually cannot transfer your authority to someone else unless the document clearly permits it.

 

अधिकृत वारिसनामा

मुलुकी देवानी कार्यविधि संहिता, २०७४ बमोजिम विदेशस्थित नेपाली नागरिकका लागि अधिकृत वारेशनामा प्रमाणीकरण सम्बन्धी व्यवस्था

पेश गर्नुपर्ने कागजात:

  • नेपालमा सूचिकृत कानून व्यवसायीले अधिकृत वारेशनामाको विस्तृत विवरण एवम् डालसस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूतले प्रमाणित गर्ने ब्यहोरा उल्लेख गरी तयार गरेको अधिकृत वारेशनामाको सक्कल २ प्रति ।
  • अधिकृत वारेशनामा जारी गर्ने व्यक्तिले नेपाली महावाणिज्यदूतलाई रितपूर्वक लेखेको निवेदन ।
  • अधिकृत वारेशनामा जारी गर्ने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्र एवम् नेपाली राहदानीको सक्कल प्रति ।
  • अधिकृत वारेशनामा जारी गर्ने व्यक्तिको हालको अध्यागमन अवस्था (Immigration Status) खुल्ने कागजातको प्रति ।
  • अधिकृत वारेशनामा प्राप्त गर्ने व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित छायाँप्रति ।
  • अधिकृत वारेशनामाको विषयलाई पुष्टी गर्ने कागजातका प्रति (जस्तै: जग्गा धनीपूर्जा, कम्पनी वा व्यवसायको स्वामित्वको प्रमाणपत्र, विवाह दर्ता आदि)

अधिकृत वारिस नाम सम्बन्धि सोधिने प्रश्न

१.  अधिकृत वारेशनामा भनेको के हो ?

उत्तर :-  अधिकृत वारेशनामा भनेको एक व्यक्ति (मूल व्यक्ति) ले अर्को व्यक्तिलाई आफ्नो तर्फबाट कानुनी काम गर्न दिने अधिकारपत्र हो।

२.  कसले अधिकृत वारेशनामा दिन सक्छ ?

उत्तर:-    कुनै पनि कानुनी रूपमा सक्षम नेपाली नागरिकले अधिकृत वारेशनामा दिन सक्छ ।

३.  अधिकृत वारेशनामा किन आवश्यक पर्छ ?

उत्तर :-  विदेशमा बस्दा वा आफैं उपस्थित हुन नसक्दा आफ्नो काम अरूबाट गराउन आवश्यक हुन्छ ।

४.  अधिकृत वारेशनामाका कति प्रकार हुन्छन् ?

उत्तर :- मुख्यतः दुई प्रकार हुन्छन्:

  • सामान्य (General)
  • विशेष (Special)

५.  सामान्य र विशेष वारेशनामामा के फरक छ ?

उत्तर :-  सामान्य वारेशनामाले धेरै काम गर्न अधिकार दिन्छ भने विशेष वारेशनामाले निश्चित काम मात्र गर्न दिन्छ।

६.  अधिकृत वारेशनामा कसलाई दिन सकिन्छ ?

उत्तर :-  विश्वासिलो व्यक्ति, आफन्त, वा कानून व्यवसायीलाई दिन सकिन्छ।

७.  अधिकृत वारेशनामा कस्ता कामका लागि दिन सकिन्छ ?

उत्तर :-  जग्गा कारोबार, बैंकिङ, अदालतको काम, कर तिर्ने, व्यवसाय सञ्चालन आदि।

८. विदेशबाट अधिकृत वारेशनामा कसरी बनाउने ?

उत्तर :-  सम्बन्धित नेपाली दूतावास वा महावाणिज्यदूतावासबाट प्रमाणित गराएर बनाउन सकिन्छ।

९.  के अधिकृत वारेशनामा दर्ता गर्नुपर्छ ?

उत्तर :-  हो, विशेष गरी जग्गा सम्बन्धी कामका लागि सम्बन्धित कार्यालयमा दर्ता आवश्यक हुन्छ।

१०. अधिकृत वारेशनामा कहिलेसम्म मान्य हुन्छ ?

उत्तर :-  यो दस्तावेजमा उल्लेख गरिएको अवधि वा काम पूरा नभएसम्म मान्य हुन्छ।

११.  अधिकृत वारेशनामा रद्द गर्न सकिन्छ ?

उत्तर :-  हो, मूल व्यक्तिले जुनसुकै बेला रद्द गर्न सक्छ।

१२.  अधिकृत वारेशनामा दिने व्यक्ति मरेपछि के हुन्छ ?

उत्तर :-  मूल व्यक्तिको मृत्यु भएपछि वारेशनामा स्वतः खारेज हुन्छ।

१३.  के वारेशनामा अर्को व्यक्तिलाई सुम्पन सकिन्छ ?

उत्तर :-  सामान्यतया सकिँदैन, तर दस्तावेजमा अनुमति भएमा मात्र सम्भव हुन्छ ।

१४. वारेशनामा दुरुपयोग भएमा के हुन्छ ?

उत्तर :-  दुरुपयोग गरेमा कानुनी कारबाही हुन्छ।

१५. अधिकृत वारेशनामा बनाउन के कागजात चाहिन्छ ?

उत्तर :-  नागरिकता, राहदानी, निवेदन, सम्बन्धित प्रमाण कागजात (जस्तै: जग्गा कागज, व्यवसाय कागज आदि) आवश्यक पर्छ ।

अधिकृत वारिस सम्बन्धि कानुनी व्यवस्था, २०७४

१.   अधिकृत वारिस सम्बन्धी व्यवस्था : (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले आफ्नो तर्फबाट कुनै मुद्दा किटान गरी वा नगरी फिराद गर्न, प्रतिउत्तरपत्र दर्ता गर्न, फिराद दाबी फिर्ता गर्न, मिलापत्र गर्न वा अन्य कानूनी काम कारबाहीका लागि वारिसनामाको कागज लेखी कुनै व्यक्तिलाई अधिकृत वारिस नियुक्त गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम कुनै मुद्दा किटान नगरी सामान्य रूपमा अधिकृत वारिस नियुक्त गर्नु परेमा नेपालभित्र भए कुनै जिल्ला अदालतको न्यायाधीश र नेपाल बाहिर भए कुनै नेपाली राजदूत वा महावाणिज्यदूतको रोहबरमा वारिस नियुक्ति गर्ने व्यक्तिले वारिसनामामा सहीछाप गरी सो वारिसनामा निजबाट प्रमाणित गराउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम वारिसनामा प्रमाणित गराउन चाहनेले वारिसनामाको कागजमा आफ्नो र वारिस नियुक्त हुने व्यक्तिको फोटो टाँसी वारिस लिने दिने दुवैको नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानीको प्रतिलिपि जिल्ला न्यायाधीश वा नेपाली राजदूतावास वा महावाणिज्य दूतावास समक्ष पेश गर्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम वारिसनामा प्रमाणित गर्दा पाँच सय रुपैयाँ दस्तुर लाग्नेछ ।

(५) यस दफा बमोजम अधिकृत वारिस नियुक्त भएको व्यक्ति मुद्दाको कारबाही, सुनुवाई र किनारा हुँदा अदालतमा उपस्थित हुन वा त्यस्तो प्रयोजनका लागि निजले अर्को व्यक्तिलाई वारिस नियुक्त गर्न सक्नेछ ।

२.   अधिकृत वारिस मार्फत अचल सम्पत्तिको हक हस्तान्तरण गर्न सक्ने : (१) आफ्नो हक र स्वामित्वको कुनै अचल सम्पत्ति किटान गरी बिक्री वितरण वा सट्टापट्टा गर्न वा हालैको बकसपत्र गरिदिने वा अन्य कुनै तरिकाले हक हस्तान्तरण गर्ने वा कानून बमोजिम रजिष्ट्रेशन गर्नु पर्ने लिखत पारित गराउन कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिले आफू उपस्थित हुन नसक्ने मनासिब कारण खुलाई वारिसनामाद्वारा अधिकृत वारिस नियुक्त गरी त्यस्तो सम्पत्ति बिक्री वितरण वा सट्टापट्टा गर्न वा हालैको बकसपत्र वा अन्य कुनै किसिमबाट हक हस्तान्तरण गर्न वा कुनै किसिमको लिखत रजिष्ट्रेशन पारित गराउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम अधिकृत वारिस नियक्त गर्दा दफा १५३ को उपदफा (२) र (३) बमोजिमको कार्यविधि पूरा गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिम अधिकृत वारिस नियुक्त भएको व्यक्तिले वारिस नियुक्त गर्ने व्यक्तिको तर्फबाट निजलाई दिएको वारिसनामाको शर्तको अधीनमा रही आवश्यक कार्य गर्न सक्नेछ ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अधिकृत वारिस नियुक्त गरी शेषपछिको बकसपत्र गर्न सकिने छैन ।

*(५) यस दफा बमोजिमको अख्तियारनामा प्रमाणित गर्दा तीन पुस्ताको नाताभित्र भएमा दफा १५३ को उपदफा (४) बमोजिम र सो बाहेक अरुलाइ सम्पत्ति बिक्रि गर्ने वा हक छाडी दिने गरी गरिएको अख्तियारनामा प्रमाणीत गर्दा पाँच हजार रुपैयाँ दस्तुर लाग्नेछ ।

३.   अधिकृत वारिसको हैसियत अन्त्य हुने : (१) देहायका कुनै अवस्थामा यस परिच्छेद बमोजिमको अधिकृत वारिसको हैसियत स्वतः अन्त्य हुनेछ :-

(क) कुनै निश्चित काम, प्रयोजन र समयावधि किटान गरी दिएको अधिकृत वारिस त्यस्तो काम, प्रयोजन वा अवधि समाप्त वा भुक्तान भएमा,

(ख) कुनै खास घटना वा अवस्था पूरा भएपछि वा त्यस्तो घटना वा अवस्था अन्त्य भएपछि कायम नरहने गरी दिएको अधिकृत वारिस त्यस्तो अवस्था पूरा भएमा वा नरहेमा,

(ग) वारिस नियुक्त गर्ने व्यक्तिले राष्ट्रियस्तरका कुनै दुई दैनिक समाचारपत्रमा सूचना प्रकाशन गरी वारिस बदर गरेमा,

(घ) वारिसनामा बमोजिमको काम पूरा हुनु अघि नै वारिस दिने वा वारिस लिने व्यक्तिको मृत्यु भएमा,

(ङ) वारिस मार्फत हक हस्तान्तरण वा सट्टापट्टा गर्ने भनिएको सम्पत्ति सम्बन्धित व्यक्ति नै आफै उपस्थित भई हस्तान्तरण वा सट्टापट्टा गरेमा,

(च) वारिसनामा बमोजिमको सम्पत्तिका सम्बन्धमा वारिस नियुक्त गर्ने र वारिस हुने वा निजको कासगोलको व्यक्ति बीच अदालतमा मुद्दा परेमा,

(छ) अधिकृत वारिसनामा दिने र लिने व्यक्ति बीच अदालतमा कुनै मुद्दा परेमा,

(ज) अधिकृत वारिस हुने व्यक्तिले त्यस्तो हैसियतमा काम गर्न अनिच्छा प्रकट गरी वारिस नियुक्ति गर्ने व्यक्तिलाई अधिकृत वारिसनामाको सक्कल प्रति सहित लिखित जानकारी दिएमा ।

(२) यस परिच्देछमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता प्रारम्भ हुनु अघि नै तत्काल प्रचलित कानूनको रित पुऱ्याई प्रमाणित भइसकेको अधिकृत वारिसनामालाई यस परिच्छेदका कुनै कुराले असर पारेको मानिने छैन ।

 

नेपाली राजदुताबासबाट अधिकृत वारिस दिदा पेश गर्नुपर्ने कागजात:

  • नेपालमा सूचिकृत कानून व्यवसायीले अधिकृत वारेशनामाको विस्तृत विवरण एवम्सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूतले प्रमाणित गर्ने व्यहोरा उल्लेख गरी तयार गरेको अधिकृत वारेशनामाको सक्कल २ प्रति ।
  • अधिकृत वारेशनामा जारी गर्ने व्यक्तिले नेपाली महावाणिज्यदूतलाई रितपूर्वकलेखेको निवेदन ।
  • अधिकृत वारेशनामा जारी गर्ने व्यक्तिको नेपाली नागरिकताकोप्रमाणपत्र एवम् नेपाली राहदानीको सक्कल प्रति ।
  • अधिकृत वारेशनामा जारी गर्ने व्यक्तिको हालको अध्यागमन अवस्था खुल्ने कागजातको प्रति ।
  • अधिकृत वारेशनामा प्राप्त गर्ने व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणितछायाँप्रति ।
  • अधिकृत वारेशनामाको विषयलाई पुष्टी गर्ने कागजातका प्रति(जस्तै: जग्गा धनीपूर्जा, कम्पनी वा व्यवसायको स्वामित्वको प्रमाणपत्र, विवाह दर्ता आदि)

नोट : अधिकृत वारिस (Adhikrit Warisnama/Power Of Attorney) हक सृजना गर्ने तथा हक हस्तान्तरण गर्ने महत्वपुर्ण लिखत भएकोले बिज्ञ वकिलबाट power of attorney तयार पर्न info@nepallegalservice.com or 9851020168 (whatsapp/viber) मा सम्पर्क गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *