विषय प्रवेश

आजभोली हरेक आर्थिक कारोवार वैक मार्फत हुने गर्दछ । वैकका कार्यलाई व्यक्ति वा व्यक्ति र संस्थाविच नियमित र नियन्त्रित गर्न नगदको सट्टा चेक अविच्छिन विकल्प हो । नागरिकका आर्थिक गतिविधिमा चेकको कारोवारले जति सहजता र सरलता प्रदान गरेको छ त्यतिनै चेकको कारोवारवाट कानुन उल्लङघन हुदै गएको छ । दुसित मनसायका साथ चेकलाई माध्याम वनाई कारोवार गर्दा एकातिर अपराध वढ्दै गएको छ भने अर्कोतिर समाजमा व्यक्ति व्यक्ति विच अविश्वास वढ्दै गईरहेको छ । समाजमा भएका र हुने विविध समस्यालाई नेपालमा विद्यामान कानुनले फरकफरक तवरवाट समेट्न खोजेको छ । खासगरि चेक र अन्य वैकिङ साधन मार्फत गरिने कारोवार, संचालन, नियन्त्रण गर्न हाल व्यक्तिवादी फौजदारी मुद्दाको रुपमा वैकिङ कसुर तथा सजाय ऐन २०६४ र दुनियावादी देवानी मुद्दाको रुपमा विनिमय पत्र अधिकार ऐन २०३४ क्रियासिल छन् । यो लेखमा खासगरि विनिमय पत्र अधिकार ऐन २०३४ को प्रयोग, Cheque Bounce Process in Nepal, कानुनमा सरोकारवालाको अधिकार, Cheque Stopped, कानुनको अदालती प्रयोग र परिभाषा तथा केही भारतिय र व्रिटिश अभ्यास र नेपाल कानुन तथा चेक अनादर मुद्दामा सवोच्च अदालतको भुमिकाको विषयमा चर्चा गर्ने प्रयास गरेको छु ।

परिभाषा

पैसा वा रुपयाका विभिन्न प्रारुपको आधारमा वैक र व्यक्तिविचको कारोवारलाई सुनिश्चित गरिन्छ । यसरी पैसा वा रुपयाँको धेरै आयामहरुवाट वैकको कारोवारलाई नियमित वा नियन्त्रित गरिनाले यसको विशेष महत्व छ । पैसाका विभिन्न प्रारुपमध्ये चेक, वैक ड्राफ्ट आदि पर्दछन् । पश्चिमा राष्टहरुमा पैसाको प्रारुपलाई भिन्न तरिकावाट परिभाषित गरिएको छ । Money is of various kinds such as currency cash, bank cheques, bank drafts, or documents with undertaking to pay, such as promissory notes and bills of exchange. These large methods of payments help the large and complex modern commerce of today to function competently and efficiently. समाजमा व्यक्ति वा संस्थाहरुविच एक आपसमा हुने कारोवारलाई व्यवस्थित तरिकाले संचालन गर्न नगदको सट्टामा प्रयोग गरिने मौदिक उपकारण नै चेक हो । चेक भनेको व्यक्ति–व्यक्ति विच वा व्यक्ति–संस्था विच कारोवार संचालन गर्ने लिखित उपकरण हो । चेक मौदिक उपकरण भएपनि यसलाई विभिन्न कानुनले र विज्ञले फरक फरक तरिकाले परिभाषा गरेका छन् । चेक भन्नाले माग्नासाथ भुक्तानी दिनुभनि कुनै वैक उपर खिचिएको विनियम पत्रलाई सम्झनु पर्दछ । चेक नगद रकमको भौतिक र जोखिमयुक्त कारोवारलाई लिखित मार्फत चेक वहाकको आदेशमा सम्वन्धित वैकले पुरा गर्नुपर्ने गरि दिएको आदेश हो । नेपालमा विद्यामान कानुनले चेकलाई विनिमय अधिकारपत्र भनि परिभाषा गरेको छ । यसमा चेक वहाकले आफ्नो वैक खातामा रकम भएकाले चेक लिई आउनासाथ चेकमा लेखिए वरावरको रकम दिनुभनि वैकलाई आदेश दिदा एकातिर चेक वहाकले चेक लिई आउनेलाई चेक दिएको स्वीकार गरेको र अर्कोतिर वैकमा पेश हुनासाथ वैकले उक्त चेकमा लेखिए वरावरको रकम दिनुपर्ने कानुनी दायित्वलाई निश्चित गर्दछ । त्यसैगरि Indian Negotiable Act ले चेकलाई यसरी परिभासित गरेको छ । A Cheque is a bill of exchange drawn on a specified banker and not expressed to be payable otherwise than on demand. यसरी चेक जारी भएको चेक भक्तानी नहुनु चेक अनादर हुनु हो । चेक सम्वन्धी विद्यामान ऐनको परिभाषाले चेकलाई विनिमयपत्र भनि उल्लेख गरेकोले विनिमयपत्र लिखत निर्देशन हो । नेपाल राष्ट्र वैक ऐनले विनिमय पत्रलाई एक व्यक्तिले अर्को व्यक्तिलाई रकम दिनुभनि निर्देशन गरिदिएको लिखतलाई सम्झनुपर्छ भनेको छ । “विनिमय पत्र” भन्नाले फलाना मितिमा वा यति अवधिपछि वा मागेको वखत सो पत्रमा लेखिएको कुनै खास व्यक्तिलाई वा निजले अहएको व्यक्तिलाई वा सोपत्र लिई आउने व्यक्तिलाई विना सर्त यति रकम दिनुभनि कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई निर्देशन गरीदिएको लिखतलाई सम्झनु पर्दछ ।
चेक मार्फत माग्न आएको भुक्तानी सम्वन्धीत चेक धारकले तोकिएको वैक मार्फत रकम प्राप्त नभएमा चेक अनादर भएको मानिन्छ । चेक वहाकले आफ्नो खातामा रकम भएनभएको हेरी भएको दातामा रकम भएमात्र चेक दिनुपर्ने देखिन्छ । साथै विनिमय पत्रमा उल्लेखित रकम चेकमा भएका त्रुटि, सम्वन्धित खातावालाको खातामा रकम नभएर, खातावालाले पुर्व जानकारी गराएर Cheque Stopped गरेको अवस्थामा वा अन्य कुनै अवस्था स्रिजना भई चेक वापतको रकम भुक्तानी नपाएमा चेक अनादर (Cheque Bounce) हुनेछ वा भुक्तानीको निम्ति दिएको चेक निश्चित कारण सहित वैकवाट भुक्तानी हुन नसकी फिर्ता हुनु चेक वाउन्स हो । चेक अनादरको स्पस्ट र प्रत्यक्ष परिभाषा नभएपनि विनिमय पत्र अधिकार ऐन २०३४ को दफा ६५ ले भुक्तानी पाए नपाएको कुरालाई चेक वाउन्सको आधार मानेको छ । प्रतिज्ञापत्र लेखिदिने व्यक्तिले वा विनिमयपत्र स्वीकार गर्ने व्यक्तिले वा चेकको ड्रयीले भुक्तानी दिनुपर्ने रकमको भुक्तानी नदिएमा सो प्रतिज्ञापत्र, विनिमयपत्र वा चेक भुक्तानी दिन इन्कार गरी अनादर गरेको मानिनेछ । निक्षेपकर्ताले दिएको चेक निक्षेपकर्ताकै कारणवाट भुक्तानी हुन नसकेमा चेक अनादर भएको मानिनेछ । प्रचलित ऐनले खातावालले गरेको कुनै पनि कारणवाट चेक भुक्तानीमा अवरोध भएमा वा खातावालले आफ्नो खातामा प¥याप्त रकम नहुदा नहुदै चेक काटी दिएमा, वा निश्चित कारणविना दिएको चेक cancel वा Cheque Stopped  गरेमा वा अन्य कुनै कारणवाट चेक नसाटिएमा त्यस्तो कार्यले चेक अनादर भएको मानि त्यस्ता कार्य गर्नेलाई जरिवाना, र सजाय समेत हुने व्यावस्था रहेको छ । वैकमा आफ्नो निक्षेप छैन वा निक्षेप भएपनि प¥याप्त छैन भन्ने जानी जानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीको लागि सम्वन्धित वैक समक्ष प्रस्तुत गर्दा प¥र्याप्त निक्षेप नभएकोकारणवाट वैकवाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिवाट चेकमा उल्लेखित रकम र व्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिना कैद र तीन हजार रुपयाँ जरिवाना वा दुवै सजाय हुनेछ । ऐनको यो व्यावस्थाले चेक काट्ने मानिसले दायित्व पुरा नगर्दा चेक वाउन्स हुने र त्यसको दायित्व सम्वन्धित चेक काट्ने मानिस वा खातावालले निर्वाह गर्नुपर्ने कुरालाई निश्चित गरेको छ । नेपालको कानुनले चेक काटि दिने व्यक्तिले आफुले चेक काटिदिएको खातामा रकम छैन वा रकम भएपनि नपुग रकम छ भनि जानीजानी चेक काटी दिई चेक धारकले प्रतप्त गर्ने रकम प्राप्त गर्न नसकेमा त्यस्तो कार्यले चेक अनादर भएको मानेको छ ।

चेक वाउन्स हुने/नहुने सैदान्तिक अवस्थाहरु

चेक वाउन्स सम्वन्धि स्पस्ट परिभाषा नभएकोले चेक वाउन्सको प्रक्रियामा चेक जारी गर्ने व्यक्तिको कार्यवाट मात्र चेक अनादर हुने कुरा यकिन गर्न सकिन्छ । तर वैकको कुनै कार्य चेक भुक्तानी नभएमा सो कार्य चेक अनादर हुदैन । चेक जारी गर्ने व्यक्तिले दिने लिखित उपकरणमा त्रुटि भई वा अन्य कार्यवाट चेकमा लेखिएको रकम भुक्तानी नभएमा Cheque Bounce भएको मानिन्छ । निम्न आधारहरु चेक अनादर हुने आधार हुन ।
 चेकमा उल्लेख भएको रकम खातामा नभएमा ।
 चेक जारी गरेपछि खातावालले खाता वन्द गरेमा ।
 खातावालले विनाकारण Cheque Stopped गरेमा ।
 चेकमा गरिएको हस्ताक्षर फरक परेमा वा वैकको रेकर्डमा फरक परेमा ।
 वैक समक्ष प्रस्तुत चेकको भुक्तानी दिन वैकले इन्कार गरेमा ।
 भविश्यको चेक भुक्तानी गर्ने मिति कायम गरी त्यो भन्दा पहिले नै खाता वन्द गरेमा ।
 विनिमय पत्र ऐन अनुसार चेकवाट उत्तरदायी हुने पक्षलाई सुचना नदिएमा ।
 सयुक्त खाता संचालन भएको अवस्थामा कुनै एक संचालकले चेकमा हस्ताक्षर गरि दिएको तर अर्का संचालकले हस्ताक्षर नगरेको कारणवाट चेक भुक्तानी नभएमा ।
 सुरक्षाको सुनिश्चितताको लागि भविश्यको मितिको चेक काटी तोकिएको समयमा चेक वापतको रकम भुक्तानी नभएमा ।

वैकको चेक निश्चित रकम उल्लेख गरि चेक धारकलाई दिइसकेपछि खातावालले रकम नभएको अवस्थामा चेक जारी गरेमा वा जानीजानी चेक भुक्तानी रोकेमा चेक अनादर भई सो उपर कानुनी उपचारको लागि चेक धारकले अधिकार प्राप्त गदैछ तर सो वाहेको तलका अवस्थामा चेक वाउन्स भएको मानिदैन । साथै चेक वहाकले कसैलाई चेक जारी गर्नुपुर्व निजको चेक चोरी भई वा हराई आफ्नो खातामा भएको रकमको सुरक्षार्थ सम्वन्धित वैकलाई सुचना दिई उक्त खाता मार्फत तोकिएका चेक वा कसैले पनि कारोवारमा गर्न नमिल्ले गरि खाता रोक्का राख्न सक्ने कार्य चेक अनादार भएको मानिदैन । तर यसरी चेक हराएमा, चोरी भएमा सो घटना उपर सम्वन्धित निकायमा उजुर वाजुर गरेको देखिएमा वा चेक चोरी भएको वा हराएको प्रमाण पेश भएमा चेक अनादर भएको हुदैन ।

– जुन वैक उपर चेक खिचिएको छ, सो वैकमा चेक प्रस्तुत नगरी कसैले पनि ड्रअर उपर दावी गर्न पाउने छैन ।
– काटिएको चेकमा भुक्तानीको लागि आवस्यक सुचना नपुगि वैक समक्ष पेश नभएमा ।
– भविश्यको समय राखि चेक जारी गरेमा ।
– भुक्तानीको लागि काटिएको चेक छ महिना भन्दा पुरानो भई पेश भएमा ।
– चेकमा सम्वन्धित खातावालको हस्ताक्षर नभएमा ।
– वैकल्पिक ड्रयीले अनादर नगरेसम्म अनादर नमानिने ।

चेक रोक्का (Stop Payment) चेक वाउन्स हो ?

चेक रोक्का भन्नाले चेक वहाकले कसैलाई चेक भुक्तानीको लागि चेक काटी दिइसकेपछि सम्वन्धीत म्चबधभभ लाई पहिले काटिसकेको चेक भुक्तानी नगर्न दिएको लिखित अनुरोध वा आदेश हो । तर सामान्य अवस्था वाहेक चेक वहाकले आफुले जारी गरेको चेकको भुक्तानी रोक्नु पनि चेक अनादर गरेको मानिन्छ । यदी चेक दिएको व्यक्तिको चेक हराएमा, चेक चोरी भएमा, कारकापमा पारी चेक कटाएको प्रमाणित भएमा वा चेक रोक्का राख्नुपर्ने वस्तुनिष्ठ प्रमाण भए वाहेकको अवस्थामा चेक रोक्का राख्न सकिदैन । तर कसैलाई दिएको चेक वापतको रकमको दायित्व चेक दिनेले पुरा गरेमा ऋजभत्रगभ क्तयउउभम वैध हुनेछ । कसैले कानुन वमोजिम निजको खाता वा चेक रोक्का राखेमा निजलाई कुनै अभियोग वा सजाय लगाउन पाइने छैन । यसको अतलव कानुन अनुसार खातावालले आफ्नो खाता रोक्का राख्न, खाता वन्द गर्न वा संचालन गर्न सक्छ । भारतिय Negotiable Instruments Act ले पनि कानुनी रुपमा गरिएका कार्य उपर कुनै अभियोग नलगाउने कुराको Guarantee गरेको छ । No prosecution can be done under Section 138, as the account holder is exercising his legal rights.

Drawer ले चेक जारी गरेपछि चेक दिने पक्षले कारकको रुपमा रहेको करारीय दायित्व पुरा नगरेको विषय चेक स्टप्डको विषय रहदैन, रहन्छत केवल चेक धारकको चेकको भुक्तानी भयो वा भएन तर चेक जारी गर्नुपुर्व चेक हराएमा वा चेक चोरी भएमा वा भुक्तानी दिनु नपर्नेमा भुक्तानी दिएमा, तथा भुक्तानी रोक्नुपर्ने वैकलाई विश्वास लाग्ने प¥र्याप्त र विश्वसनिय आधार र कारण पेश गरेमा Drawer ले आफ्नो खातामा भएको रुपयाँको संरक्षणको लागि Stop Payment को लागि वैकसमक्ष उजुरवाजुर गर्नसक्छ । तर मुद्धाको पक्षले चेक रोक्का राख्नुपुर्व Stop Payment को लागि गर्नुपर्ने परर्व तयारीको विषयमा कहीकतै उजुर वाजुर नगरेकोले सम्मानित सवौच्च अदालतको एक फैसलाले Cheque Stopped को लागि गर्नुपर्ने विभिन्न पुर्वसर्तको व्याख्या गरेको छ । ड्रअरले काटेको चेक कहिलेकाँही गल्ती हुन सक्तछ । भुक्तानी दिनु नपर्नेलाई भुक्तानीको लागि गएको हुनसक्तछ, रकम घटी वा वढी हुन सक्तछ वा करकाप गरी चेकमा सही गराएको अवस्था वा चेक चोरी भएको अवस्था पर्न सक्तछ यस्तो अवस्था पर्न आएमा निजले तुरुन्त भुक्तानी दिने वैकलाई खवर गर्नु अतिरिक्त प्रचलित कानुन अनुसार अधिकार प्राप्त निकायमा उजुर वा फिराद गर्नुपर्ने हुन्छ ।
नेपाल कानुनको अधिनमा रही हालसम्म भएका विभिन्न फैसलाहरुमा Drawer ले How to do Cheque Stopped in Nepal को लागि गर्नुपर्ने पुर्व सावधानीको प्रक्रिया नअपनाएकोले वा ऋजभत्रगभ क्तयउउभम गर्नुपर्ने वस्तुगत कारणवाट भएको Cheque Stopped लाई पनि चेक अनादर भएको स्वीकार गरेको छ । कसैले कसैको नाममा चेक काटेपछि सो चेकको भुक्तानी हुनुपर्दछ । चेक काट्ने र सो चेकको भुक्तानी रोक्ने हो भने यसले वैकिङ पद्धतिप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न नसकिने । Stop payment को वारेमा फरक फैसला गरेको छ । भारतिय सवोच्च अदालतको फैसला अनुसार ड्रअरले वैक समक्ष चेक वहाकले काटेको चेकको दायित्व पुरा गरिसकेको वा Drawee लाई चेक रोक्काको लागि निवेदन दिदाको अवस्थामा चेक धारकलाई कुनै पनि दायित्व तिर्नुवुझाउनु पर्ने नभएको वस्तुगत कारण पेश गरेमा मात्र चेक स्टपड् गर्न सकिने दावी गरेको छ । The accused can thus show that the stop- payment instruments were not issued because of insufficiency or paucity of funds. if the accused shows that in his account there were sufficient funds to clear the amount of the cheque at the time of presentation of the cheque for encashment at the drawer bank and that the stop-payment notice had been issued because of other valid causes including that there was no existing debt or liability at the time of presentation of cheque for encashment, then offence under Section 138 would not be made out. The important thing is that the burden of so proving would be on the accused. Thus a court cannot quash a complaint on this ground.

नेपालमा हाल विद्यामान कानुनलाई आधार मानि चेक रोक्का गर्ने स्पस्ट कारणको अभावमा वैकले चेक जारी गर्ने व्यक्तिले दिएको चेक रोक्कामा Drawee ले सहज रुपमा विना कारण प्रमाणको अभावमा रोक्का राख्न नहुने कुरामा जोड दिएको छ । विश्वसनीय आधार र कारण कारण नभई आफैले जारी गरेको चेक भुक्तानी रोक्का गर्न छुट दिने हो भने वैक मार्फत हुने भुक्तानी प्रणालीमा अविश्वास पैदा भई सम्पुर्ण वैक तथा वित्तीय प्रणालीको संचालनमा नै नकारात्मक असर पर्न सक्ने । यसवाट के स्पस्ट हुन्छ भने Cheque Stopped पनि चेक वाउन्स हो । तर चेक वहाकले विना कारण दिएको चेक रोक्कागर्न सक्दैन । यदी कुनै प्रकारले रोकेमा त्यो कानुनको कसिमा गलत सावित हुनेछ ।

चेक अनादर निशर्त आदेश वा आर्थिक कारोवारको माध्याम

चेक एक निशर्त आदेश हो तर चेक व्यक्तिका आर्थिक कारोवारसंग जोडिने हुनाले प्रत्यक्ष अप्रत्यक्ष यसले लेनदेन वा करार वा अन्य कुनै कुराको आधारमा चेकको कारोवार भएको यथार्थलाई स्वीकार गरेको हुन्छ । चेक निशर्त आदेश भन्ने हो भने यस अन्तरगत पर्ने विषयहरु वा चेकको कारोवार भैसके पछि के आधारमा Drawer ले चेक काटेको हो भन्ने तर्फ खासै ध्यान दिन जरुरी छैन । व्रिटिश Bills of Exchange Act ले पनि चेकलाई शर्तविहिन प्रतिज्ञापत्र भनेको छ । A promissory note is an unconditional promise in writing made by one person to another, signed by the maker, engaging to pay on demand or at a fixed determined future time, a sum certain in money to or to order, or a specified person, or to bearer. केवल चेक वहाकले आफ्नो स्वच्छाले, जानीजानी, कसैलाई तिर्ने वुझाउने प्रयोजनार्थ दिएको आधारलाई स्वीकार गरि चेक जारी गरेकाले चेक लिनालिनाको पछाडी कुनै लिखित आधार कारण नदेखाएमा सो कार्य निशर्त आदेश हो । विनिमय पत्र अधिकार ऐन २०३४ को दफा २(छ) ले चेक निशर्त आदेश भनि स्पस्ट व्यावस्था गरेको छ । विनिमय पत्र भन्नाले फलाना मितिमा वा यति अवधिपछि वा मागेका बखत सो पत्रमा लखिएको कुनै खास व्यक्तिलाई वा निजले अहएकोलाई वा सो पत्र लिई आउनेलाई र यति रुपैया दिनु भनी एकले अर्कोलाई विना शर्त निर्देश गरी दस्तखत गरिदिएको लिखत लाई सम्झनु पर्छ । ऐनको यो परिभाषाले कारोवार गर्ने पक्षविचको पुर्वशर्तलाई चिन्दैन । वा कुनै शर्त पुरागर्ने गरी नभई पुरा गरि सकेको वा कारोवार भै सकेको अवस्थामा चेक जारी गर्न सकिने र यसरी जारी गरिएको चेकमा Drawer पुर्ण रुपमा जिम्मेवार हुनुपर्ने विधायिकि मनसाय रहेको हुन्छ ।
सवोच्च अदालतको एक फैसलाले चेक जारी कसरी भयो र के आधारमा चेक जारी भयो भन्ने समेतको कुरालाई ऐन वमोजिमको कानुनी व्याख्या गरेको पाइन्छ । चेक जारी गर्ने व्यक्तिले आफुले धारकलाई सापटी दिएको वा अन्य कारणले पनि अर्को व्यक्तिको नाममा चेक जारी गरेको हुन सक्छ । आफुले प्राप्त गरेको चेकमा उल्लेख भएअनुसारको रकम ऋण दिएको हुनाले आफुले भरि पाउने हो भन्नलाई दावी अनुसारको रकम ऋण लिएको भन्ने तथ्य प्रमाणवाट पुष्टि हुनुपर्ने । सामान्यतया चेकलाई निशर्त आदेश मानिन्छ । चेक दुनियावादी देवानी कानुन अन्तरगत पर्ने भएकाले विनिमय अधिकार पत्र ऐन २०३४ को मक्सतलाई हेर्दा चेक वा अन्य उपकरण जारी गरेपछि के आधारमा जारी भयो भन्ने हेरिनु जरुरी हुदैन किनकी चेक जारी गर्ने वा नगर्ने भन्ने विषयमा Drawer को स्वतन्त्रता रहेको र जुनकुनै तरिकाले चेक जारी भएको हुन सक्दछ । यसको मतलव चेक धारक भन्दा पनि चेक वहाक जिम्मेवार हुनुपर्दछ । त्यतिमात्रै होइन चेक दुरुपयोग गर्ने कार्यलाई वैक कसुर तथा सजाँय ऐन २०६४ को दफा ३ ले आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिन नहुने भनि त्यस्ता कार्यलाई बैकिङ कसुर भनि तोकेको छ । ऐनको व्यावस्थाले म्चबधभच ले जानीजानी खातामा रकम नभएको अवस्थामा चेक काट्ने कार्य नै चेक वाउन्स (Cheque Dishonored) हो भनि परिभाषित गरीएको कुरालाई नजरअन्दाज गर्न मिल्दैन । यसरी चेक काट्ने कार्य नै चेक वाउन्सको पुर्वाअवस्था हो । यसरी निषेधित गरेको प्रति कुनै संकेत नगरी चेक वहाकलाई दायित्ववाट उन्मुक्ति दिएको फैसलाले पक्कापनि विनिमय अधिकार पत्र ऐनलाई अस्पष्ट र कमजोर देखाएको छ । अर्कोतर्फ हेने हो भने यो फैसलाले विनिमय अधिकार पत्र ऐन २०३४ को दफा २ (च) प्रतिज्ञापत्र भन्नाले सरकारी वा वैक नोट बाहेक कुनै निश्चित मिति वा मागेको बखत सो पत्रमा लेखिएको कुनै खास व्क्तिलाई वा निजले अह््राएकोलाई वा सो पत्र लिई आउनेलाई बिना शर्त यति रुपैया दिन्छु भनी कबुल गरी दस्तखत गरी दिएको लिखतल सम्झनुपर्छ । तर सो शव्दले मुलुकी देवानी संहिता २०७४ को भाग ४ को परिच्छेद १५ बमोजिम भएको लिखतलाई जनाउने छैन भनि संसोधन भएपछिको अवस्थालाई समेत समाविष्ट गरि चेक अनादर एक निशर्त आदेश हुने कुरालाई निदिष्ट गर्दछ ।
तर चेक कारोवार भै सकेको अवस्थामा कारोवार भयो कि भएन, थियो कि थिएन भन्ने विवाद (Cheque Bounce Case in Nepal) मा अदालतको फरकफरक धारणा आउदा कानुन व्याख्यामा प्रश्न चिन्ह खडा भएको छ । महेश्वरलाल श्रेष्ठ विरुद्ध विष्णु महर्जन समेत भएको मुद्दामा अदालतले Drawer ले कारोवार गरेकै कारण चेक धारकको नाममा चेक जारी गरेकोले चेक काट्ने कार्य निशर्त कार्य भनि चेक आनदर भएको व्यख्या गरेको छ । यसवाट अझै एउटा कानुनी प्रस्न चेक निशर्त आदेश हो कि चेक काट्नुपर्ने कारण वा कुनै शर्त सहितको आदेश हो भन्ने प्रस्ट छैन । तर ऐनलाई हेर्दा चेक काट्ने कार्य निशर्त आदेश हो ।

चेक वाउन्स वैकिङ कसुर कि विनिमय अधिकार पत्र ऐन अन्तरगत आर्कषित हुने

Drawee ले कसैले आफुलाई चेक धारक वनाई चेक काटीदिएपछि उक्त चेक सम्वन्धित वैकमा पेश गर्दा वैकले Drawer को खातामा चेक वमोजिमको रकम नपुग भई वा अन्य कुनै कारणवाट भुक्तानी गर्न इन्कार गरेमा Cheque Bounce भएको मानिन्छ । यसरी ड्रअरको कारणवाट चेक वाउन्स भएमा सो कार्य विरुद्ध विनिमय अधिकार पत्र ऐन २०३४ र वैकिङ कसुर तथा सजाँए ऐन २०६४ दुवै आर्कषित हुन्छ ।
चेक अनादर व्यक्ति व्यक्ति विचको कारोवारवाट सिर्जित देवानी गल्ति (Civil Wrong) हो । यदी कसैले आफ्नो दायित्व वहन गर्नु पर्नेमा सो कार्य नगर्दा परिणाम स्वरुप उत्पन्न हानि, नोक्सानीलाई दुष्कृति गरेको मानिने भएकाले Drawer को कारणवाट भुक्तानी दिन इन्कार गरिएमा सो कार्य अनादर हुने कानुनी व्यावस्था भएकोमा भुक्तानी नपाएको मितिले ५ वर्ष भित्र सम्वन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्ने हदम्याद रहन्छ । तर चेक अनादर मुद्दामा वैकिङ कसुर तथा सजाँए ऐन २०६४ को दफा ३ ले चेक अनादर गरे÷भएमा कसुर कायम हुने र उपचारको लागि छुटै जाहेरी दिने अवधि र हदम्याद व्यावस्था छ । यसलाई हेर्दा वैकिङ कसुर नितान्त आपराधिक कार्य अन्तरगर सुचिकृत गरेकोले चेक अनादर मुद्दा विनिमय अधिकार पत्र ऐन आर्कषित हुने विषय हो ।
यसभन्दा अगाडी चेक अनादर मुद्दामा Drawer को चेक अनादर कार्य अपराधिक कार्य भएको कानुनी व्याख्या भएका भएको छ । श्रीकृष्ण परियार विरुद्ध काठमाडौं जिल्ला अदालत र नेपाल सरकार विरुद्ध खेमराज भट्ट भएको मुद्दामा चेक अनादर भएमा ठगीमा मुद्दा चलाइनु ठिक भएको व्याख्या गरिएकोछ ।
यसरी चेक अनादर मुद्दामा फौजदारी कानुन आर्कषित भई नागरिकलाई आर्थिक कारोवारमा अपराधि चित्रण गर्ने कामले नागरिकको स्वतन्त्रतामा क्षति पुगेको छ । चेक अनादर कार्यमा Drawer ले गर्ने कार्य दुष्कृति वा देवानी गल्ति हो, यसमा चेक वहाकको चेक अनादर कार्यवाट दुष्कृतिका तत्वहरु स्थापित हुन्छन । दुष्कृतिको दायित्व शूरु हुन वा देवानी दायित्व स्थापित हुनका लागि दुष्कृतिका चारवटा तत्वहरु स्थापित हुनुपर्दछ । कर्तव्य (presence), कार्य (breach of duty), क्षति (injury), कार्यको कारणले क्षति (link of injury to the action)। चेक अनादरमा अवको स्पस्ट वाटो विनिमय अधिकार पत्र ऐन आर्कषित हुने र त्यस प्रक्रितिका मुद्दाहरु विनिमय अधिकार पत्र ऐन मार्फत हेर्नपर्ने भनि सवोच्च अदालतवाट व्यख्या भएको छ । व्यक्तिले बैकिङ प्रणालीलाई नै नोक्सान पार्नेगरी गर्ने आपराधिक कार्य र व्यक्ति व्यक्तिविच भएको विनिमय कारोवारवाट सिर्जित हुने दुस्कृतिलाई अलगअलग कानुनले भिन्नभिन्न कसुरको रुपमा परिभाषित गरेको साथै त्यसको लागि कानुनी उपचारको मार्ग र प्राप्त हुने उपचार समेत फरक ढंगवाट निर्धारण गरेपछि त्यसको पालना र प्रयोगपनि सोहीअनुरुप गरिनु वाञ्छनिय हुन्छ । गलत प्रक्रियावाट सही निष्कर्षमा पुग्न नसकिने ।

अन्तमा, चेक अनादर ड्रअरले आफ्नो खातामा रकम छैन भनि जानीजानी चेक काटिदिई उक्त चेक वापतको रकम वैकवाट भुक्तानी हुन नसकेमा चेक वाउन्स भएको मानिन्छ । खातामा रकम नभई चेक वाउन्स भए वाहेकका अवस्था जस्तो cheque stopped भएमा पनि चेक वाउन्स हुने अभ्यास रहेको छ साथै प्रचलित ऐन कानुनले चेक एउटा निशर्त आदेश हो भनि परिभाषा गरेको अवस्था भएकैले पनि चेक stopped लाई पनि चेक वाउन्स मान्नुपर्छ । Cheque stopped लाई सामान्य तथा नेपालमा मात्र नभएर भारतिय कानुनले पनि Drawer ले चेक धारकलाई तिर्नु वुझाउनू पर्ने नभएको वा चेक धारकप्रति कुनै दायित्व नभएको प्रमाण पेश गरेमा मात्र Cheque stopped गर्न सक्ने कुरालाई स्वीकारेको छ । तथापी Cheque stopped कुन अवस्थामा वाउन्स हुने कुन अवस्थामा नहुने भन्ने कुरा हालसम्म कानुन नै चुप लागेको देखिन्छ । हालसम्म सवोच्च अदालतवाट भएका प्राय फैसलाले पनि चेक जारी भएपछि चेक वाउन्स हुने वाध्यता Drawer को कारणवाट सिजर्ना हुने भएकाले चेक धारकले चेक जारी गरेवाट अनादर हुने र चेक अनादरको दायित्व चेक वहाकको हुने कुरामा दुइमत हुदैन ।

 

(यो लेख Verdict जर्नलमा पहिलेनै प्रकाशित भई स्व. भरतराज उप्रेती पुरस्कारबाट पुरस्कृत भएको लेख हो । यस लेखका लेखक लिगल जुम नेपालका Managing Partner भएकोले प्रकाशकको अनुमतिले पुन प्रकाशन गरिएको छ )

Call Now WhatsApp