जग्गा खिचोला भनेको के हो ?

आफ्नो हक नपुग्ने अचल सम्पति मिचेर वा हडपेर आफ्नो मा घुसाई, दपोत गरेर लिने काम लाइ जग्गा खिचोला भनिन्छ । जग्गा खिचोला सधियार भएको मानिस ले मात्र गर्न सक्छ । साबिक मुकुली ऐन र हालको मुलुकी देवानी सहित २०७४ ले कसैले पनि अन्य व्यक्ति को सम्पति च्यापी, मिची, वा कुनै तबरले लिएको सम्पति खिचोला गरेको हुनेछ ।

कानुनमा खिचोला भन्नाले आफ्नो हक नपुग्ने सम्पति मिची, च्यापी, घुसाई लिने कार्यलाइ बुझाउछ । खिचोला सम्पति सम्बन्धि हकसंग सम्बन्धित विवाद हो । यसमा एकको हक भोगको सम्पति अर्को पक्षले कानुन बिपरित गरि निजको कब्जामा लिई कुनै तबरले भोगचलन गर्ने र सम्बन्धित धनिलाइ भोगचलन गर्न अबरोध पुर्याउने काम गर्दछ ।

जग्गा खिचोलाको बिबादमा निम्न प्रमाणहरु हेरिनु पर्छ ।

के कस्तो अबस्थामा जग्गा खिचोला भएको मानिन्छ ?

सम्पतिको हकसंग सम्बन्धि विवाद भएको हुनुपर्ने

एकको हक भोगको सम्पति हुनुपर्ने

अर्को पक्षले मिची, घुसाई, अन्य तबरले भोग गर्न बाधा अबरोध सिर्जना गरेको हुनुपर्ने

जग्गा खिचोला देवानी मुद्दा हो । देवानी मुद्दामा दाबी प्रमाणित गर्ने भार (Onus of proof)  बादीको हुन्छ । यसर्थ खिचोला मुद्दामा बादीले प्रमाण पेश गर्नुपर्ने र प्रमाणित गर्नुपर्ने बिषय महत्वपूर्ण हुन्छ । मुद्दाको बारेमा बिज्ञसंग छलफल गर्न हाम्रा land expert lawyer of Nepal संग जिज्ञासा राख्न सक्नुहुन्छ ।

मुलुकी देवानी सहितामा खिचोला सम्बन्धि कानुनी ब्यबस्था

मुलुकी देवानी सहिता २०७४ ले जग्गा खिचोला र खिचोला विरुद्ध हक स्थापित गर्न स्पस्ट कानुनी व्यवस्था गरेको पाईन्छ । ऐ.ऐ. को दफा २७६, २७७, २७९, २८७, २९६ आदि जग्गा खिचोला सम्बन्धि कानुनको रुपमा रहेमा छन् ।

मुलुकी देवानी सहित २०७४ को दफा २७६ अन्य व्यक्तिको सम्पति उपभोग, बिगार्न वा प्राप्त गर्न नपाउने

(१) कसैले पनि अन्य व्यक्तिको सम्पति निजको मन्जुरी बिना उपभोग गर्न पाउने छैन ।

(२) कसैले पनि अन्य व्यक्तिको बाटो र निकाश बन्द गरि, आफ्नो जग्गाको साधमा कुनै काम वा निर्माण गरि वा अन्य कुनै पनि तबरले कुनै व्यक्तिको सम्पति बिगार्न पाउने छैन ।

(३) कसैले पनि अन्य व्यक्तिको सम्पति निजको मन्जुरी बिना प्राप्त गर्न सक्ने छैन । तर नेपाल सरकारले सार्बजनिक हितको लागि कानुन बमोजिम कुनै व्यक्तिको सम्पति प्राप्त गर्न सक्नेछ ।

(४) कसैले पनि कानुन बमोजिम बाहेक कुनै व्यक्तिको मन्जुरी नलिई निजको घर कम्पाउण्डमा प्रवेश गर्न पाउन छैन ।

दफा २७७. सम्पति अनतिक्रम्य हुने :

दफा २७९ :  सहमति नलिई अर्काको जग्गामा घर बनाउनु नहुने :

दफा २८७ : अर्काको जग्गा भोगचलन गर्न नहुने : कसैले पनि अन्य व्यक्तिको हक, भोग र स्वामित्वको जग्गा निजको मन्जुरी नलिई आबद गर्न वा भोगचलन गर्न वा गराउन हुदैन ।

दफा २९६ दर्ता गर्न नहुने : कसैले पनि अन्य व्यक्तिको हकको जग्गा आफ्नो नाममा दर्ता गरुन हुदैन ।

दफा ३०७ : संरचना बनाउन नहुने

जग्गा खिचोला सम्बन्धि महत्वपुर्ण नजिर

 जग्गा खिचोला सम्बन्धी बारम्बार सोधिने प्रस्न

उत्तर :- आफ्नो हक नपुग्ने अचल सम्पति मिचेर वा हडपेर आफ्नोमा घुसाई, दपोत गरेर लिने कामलाइ जग्गा खिचोला भनिन्छ ।

उत्तर :- कुनै पनि जग्गाको हक स्वामित्वको प्रामाणिक अभिलेखलाई जग्गा दर्ता श्रेस्ता भनिन्छ ।

उत्तर :- जग्गा नाप जाच ऐन २०१९ बमोजिम जग्गाको नापजाच गरि खडा गरिएको नक्शालाई सर्भे नापी नक्शा भनिन्छ ।

उत्तर :- नापीको समयमा फिल्डमा तयार गरिने पुस्तिकालाइ क्षेत्रीय पुस्तिका भनिन्छ ।

उत्तर :- जग्गाको वास्तविक सर्भे नक्शा र फिल्ड नापीको आधारमा जग्गाको चारैतर्फ लम्बाई चौडाई उल्लेख गरि तयार पारिएको नक्सांकनलाई टायल चेक भनिन्छ ।

उत्तर :- कुनै जग्गा को विवाद अदालतमा दर्ता भई अदालतको आदेश भई डोर गई बादी प्रतिवादीको हक भोग, सर्भे, नक्शा अनुसारको रेखांकन, बस्थुस्थिति समेत झल्किने गरि खडा गरिएको कागजलाई नक्शा मुचुल्का भनिन्छ ।

उत्तर :- खिचोला मुद्दामा प्रमाणको भार बादीले पुरा गर्नुपर्दछ ।

उत्तर :- लाग्दैन ।

उत्तर :- खिचोला मुद्दा रित मार्फत समाधान गर्न सकिदैन ।

उत्तर :- मालपोत कार्यालयमा जग्गा नापजाच गर्न निबेदन पेश गरि बैधानिक रुपमा नापजाच गरि यकिन गरि जग्गा नपुग भएपछी थाहा पाउन सकिन्छ ।

उत्तर :- सामान्यतया १ वर्ष ।

उत्तर :-  लिगलजुम नेपालको कार्यालयले सर्बोच्च अदालतमा जग्गा खिचोला मुद्दा हेर्न बिज्ञ उपलब्ध गराउछ ।

Call Now WhatsApp